काठमाडौं, २३ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज ०.८३ प्रतिशत घटेर २१०६.१५ बिन्दुमा बन्द भएको हो।
हिजो २१२३.८३ बिन्दुमा ०.४९ प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १७.६८ अंकले घटेको हो।
६५ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १४ स्टकको ४४ हजार ५ सय ५३ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रुपैयाँ ४० पैसा को कारोबार भएको छ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.३१ प्रतिशत घटेको हो।
२.६८ प्रतिशतले घटेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र २० करोड ७१ लाख ६५ हजार ४० रुपैयाँ ९ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।