काठमाडौं, २२ साउन। पछिल्लो २४ घण्टामा ५ सय ५३ जनामा संक्रमण पुष्टि, ४ सय ३३ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ५९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८९ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ४० पीसीआर परीक्षणमा ४ सय ५१ जाना र १ हजार ७ सय ४९ एन्टिजेन परीक्षणमा १ सय २ जानामा गरि कुल ५ सय ५३ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज कसैले ज्यान गुमाउनु परेको छैन र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टा २० हजार ६ सय ६६ जानले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ६ सय ८२ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३ सय २६ जाना र २ हजार ७ सय ४० एन्टिजेन परीक्षणमा ३ सय ३४ जानामा गरि कुल ६ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको थियो।



