Monday, December 11, 2023
spot_img
Homeसमाचारमेलम्चीवासीलाई सचेत रहन आग्रह

मेलम्चीवासीलाई सचेत रहन आग्रह

काठमाडौं, २१ साउन। सिन्धुपाल्चोक जिल्लाका घुम्थाङ, धाप, नकटे लगायतका अधिकांश क्षेत्रमा पछिल्ला दिनमा भारी वर्षा भइरहेको छ।

यस क्षेत्रमा विगत तीनदेखि छ घण्टा भारी वर्षा भइरहेकोले मेलम्ची, बलेफीलगायत जिल्लाका अन्य साना नदीमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको बाढी पूर्वानुमान महाशाखाले भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै उच्च सतर्कतामा रहन उक्त क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

यसैबीच, नदीमा एक्कासी पानीको बहाव बढेको र केही मानिस घरबाहिर बसेको चनौटे निवासी एक स्थानीयले बताए।

यस्तै मेलम्ची नगरपालिका–२ निबु गाउँमा गएराति पहिरो खसेको छ। राति १०ः१५ बजे पहिरो खसेपछि भोटेचौर–काउले सडक अवरुद्ध भएको हो। जसका कारण उक्त क्षेत्रका केही घर पहिरोको चपेटामा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। घरमा बस्नेलाई सुरक्षित स्थानमा सारिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको