काठमाडौं, १९ साउन। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने घोषणासँगै भोलिदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य स्थगित भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार भोलि, २० साउन २०७९, शुक्रवार देखि मतदाता नामावली अद्यावधिक गर्ने काम स्थगित गरिएको छ।
आयोगले अहिले देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन कार्यालय आदिबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गरिरहेको छ।



