Thursday, February 22, 2024
spot_img
Homeसमाचारललितपुरमा डेंगुका बिरामी बढे

ललितपुरमा डेंगुका बिरामी बढे

काठमाडौं, १६ साउन। ललितपुरका केही बस्तीमा डेंगुको संक्रमण पुष्टि भएको छ। ललितपुर महानगरपालिकाका वडा नं ५ र १४ र महालक्ष्मी नगरपालिकाका केही वडामा डेंगुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले जानकारी दिनुभयो।

मानभवन, कुमारीपाटी, तिखिडेवल र महालक्ष्मीमा डेंगुका बिरामी भेटिएसँगै हामीले ती क्षेत्रमा लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छौं। उनका अनुसार जिल्लामा अहिलेसम्म ३१ जनामा ​​डेंगुको पुष्टि भएको छ।

संक्रमणको जोखिम न्यूनीकरण गर्न कार्यालयले सर्वसाधारणलाई आफ्नो घरको बालकनीदेखि घरको आँगन, बगैचालगायत घरको वरपर सफा राख्न र घर वरपर खाल्डाहरु पुर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुर र स्थानीय तहले डेंगुको सङ्क्रमण देखिएका क्षेत्रमा सरसफाइका लागि टोली परिचालन गरेका छन्। डेंगु लामखुट्टेबाट सर्ने रोग हो र संयुक्त राष्ट्रसंघका अनुसार यो रोग सर्ने मुख्य भेक्टर एडिस एजिप्टाई लामखुट्टे हुन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको