Saturday, September 23, 2023
spot_img
Homeविजनेसझिनो अंकले बढ्यो नेप्से

झिनो अंकले बढ्यो नेप्से

काठमाडौँ, १ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा नायाँ आर्थिक बर्ष २०७९/८० सुरु भएको आजको दिन ०.१० प्रतिशत बढेर २०११.४० बिन्दुमा बन्द भएको हो।

शुक्रवार आर्थिक वर्ष २०७८/७९ को अन्तिम दिनखुलेको नेप्से २००९.४७ बिन्दुमा ०.४० प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १.९३ अंकले बढेको छ।

३० लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २१० स्टकको २५ हजार ९ सय २४ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँ ७२ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक बढ्दा आज राधि विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.४८ प्रतिशत बढेको हो र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.५० प्रतिशत घटेको हो।

३.४९ प्रतिशतले घटेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ६ करोड ०४ लाख ६६ हजार १ सय ४३ रुपैयाँ ८ पैसाको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको