Tuesday, September 26, 2023
spot_img
Homeसमाचारबारामा बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

बारामा बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ, ३१ असार। बारा जिल्लामा एक अधबैंसे महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई नावालिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरु १५ र १७ वर्षका रहेका छन् तर अन्य जानकारी भने सार्वजनिक गरिएको छैन।

जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१ मा शनिबार राति करिब ११ बजे पशु गोठमा सुतिरहेका ५६ वर्षीया महिलालाई दुईजनाले यौन दुव्र्यवहार गरेको आरोप लागेको छ।

पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै प्रहरीले दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। थप अनुसन्धानका लागि जिल्ला अदालत बाराले दुवैलाई ५ दिनको म्याद थप गरेको थापाले जानकारी दिए।

घटना असार २६ गते भए पनि प्रहरीले आज मात्र घटनाको विवरण सार्वजनिक गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको