Saturday, September 23, 2023
spot_img
Homeसमाचारबिहिवार २६० जानामा कोरोना संक्रमण

बिहिवार २६० जानामा कोरोना संक्रमण

काठमाडौं, ३० असार। पछिल्लो २४ घण्टामा २ सय ६० जनामा ​​संक्रमण पुष्टि र ४८ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बिहिवार १ हजार १ सय ७१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार २७ पीसीआर परीक्षणमा २ सय १४ जाना र एक हजार ८ सय १७ एन्टिजेन परीक्षणमा ४६ जनामा गरि कुल ​​२ सय ६० जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार ३ हजार १ सय ७५ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ८२ पीसीआर परीक्षणमा १ सय ७७ जाना र एक हजार ९३ एन्टिजेन परीक्षणमा २९ जनामा गरि कुल ​​२ सय ६ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको