काठमाडौँ, २९ असार। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलवार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
‘पानीफोटो’ को प्रदर्शन मिति साउन १३ गते रहेको छ।
ट्रेलरमा माओबादी द्वन्द्वकालको कथालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा अभिनेता अनुप बराल र अभिनेत्री मेनुका प्रधानको मन छुने अभिनय रहेको छ। खगेन्द्र लामिछाने पनि ट्रेलरमा अटाएका छन्।
‘पानीफोटो’ मा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत रहेको छ। टुकी आट्र्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मको कथा लेखन खगेन्द्र स्वयंको हो।