काठमाडौँ, २९ असार। आदिकवि भानुभक्त आचार्यको आज २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायमा विभिन्न कार्यक्रम आयोजना गरी सम्झना गरिएको छ।
विसं १८७१ असार २९ गते तनहुँ जिल्लाको चुँदीरामघामा जन्मनुभएका प्रथम नेपाली कविले भाषा, साहित्य र संस्कृतिका माध्यमबाट देशलाई एकताबद्ध गराउन विभिन्न रचनाहरू दिएर ठूलो योगदान गर्नुभएको थियो।
उनले महाकाव्य रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरे। आध्यात्मिक साहित्यको नेपाली संस्करण, रामायण अझै पनि लोकप्रिय छ र नेपाली समाजमा उत्साहका साथ पढिन्छ। उनलाई एक घाँसी (घाँस काट्ने) ले समाजमा छाप छोड्ने काम गर्न प्रेरित गरेको थियो। फलस्वरूप उनले रामायणलाई नेपालीमा अनुवाद गरे जसले उनलाई नेपाली समुदायमा कविको रूपमा स्थापित गरेको भनाइ छ। उनका अन्य लोकप्रिय साहित्यिक कृतिहरू प्रश्नोत्तर, भक्तमाला, रामगीता र बधुशिक्षा हुन्।
यस अवसरमा भाषा, साहित्य र संस्कृतिमा क्रियाशील विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। त्यसैगरी आज बिहान काठमाडौंको रानीपोखरी अगाडि कार्यक्रम गरिने भएको छ। सो अवसरमा भानुभक्तको प्रतिमामा माल्यार्पण गरी बिहान प्रभातफेरी निकालिनेछ।
त्यसैगरी आज देशभर गुरु पूर्णिमा (शिक्षक दिवस) पनि मनाइँदैछ।



