काठमाडौँ, २९ असार। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आज सार्वजनिक गरेको वरियतामा नेपाल १९ औं स्थानमा रहँदै एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा आफ्नो स्थान कायमै राखेको छ। गत वर्ष पनि नेपाल १९ औं स्थानमा थियो।
विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा यथावत रहेको छ भने इङ्ल्यान्ड दोस्रो स्थानमा र भारत तेस्रो स्थानमा छ।
त्यस्तै, पाकिस्तान चौथो, अष्ट्रेलिया पाँचौं, दक्षिण अफ्रिका छैटौं ,बंगलादेश सातौं, श्रीलंका आठौं स्थानमा छ भने वेस्ट इन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छ।