काठमाडौं, २७ असार। पछिल्लो २४ घण्टामा १ सय ६८ जनामा संक्रमण पुष्टि र ३७ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या शुक्रवार ७ सय ७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २० जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ८ सय ३४ पीसीआर परीक्षणमा १ सय २९ जाना र एक हजार १ सय ८६ एन्टिजेन परीक्षणमा ३९ जनामा गरि कुल १ सय ६८ जनामा कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार ३ हजार ४५ जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ७ सय पीसीआर परीक्षणमा १ सय ४ जाना र एक हजार ३ सय ४५ एन्टिजेन परीक्षणमा १७ जनामा गरि कुल १ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार असार महिनाको आरम्भदेखि सङ्क्रमण बढ्ने क्रममा देखिएको छ।