Saturday, September 23, 2023
spot_img
Homeविजनेसभारि अंकले गिर्यो नेप्से

भारि अंकले गिर्यो नेप्से

काठमाडौँ, २७ असार। यो साता पहिलो दिन खुलेको नेप्से आज सोमवार १९१५.६१ बिन्दुमा ३.८६ प्रतिशत घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ७७.०१ अंक वा ३.८६ प्रतिशतले घटेको छ। शुक्रवार १९९२.६२ विन्दुमा बन्द भएको नेप्से आज सोमवार १९१५.६१ विन्दुमा बन्द भएको हो। सोल्टी होटल लिमिटेड बाहेक सबै शेयरको मूल्य घटेको हो।

नेप्से परिसूचक पछिल्लो एक सातामा ३६.१५ अंक (१.७८%) घटेर १९९२.६२ मा बन्द भएको थियो। तर यो साताको पहिलो कारोबार दिन आज नेप्से ७७.०१ अंक वा ३.८६ प्रतिशतले घटेको हो।

६३ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २२७ स्टकको ४४ हजार १ सय ९६ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ २५ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक घट्दा आज सोल्टी होटल लिमिटेडको शेयरमूल्य सर्वाधिक ०.५१ प्रतिशत बढेको हो र ग्रामीण विकास लघुवित्त बित्तीय संस्था लि. संगै किसान लागुबित्त बित्तीय संस्था लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

४.४६ प्रतिशतले घटेको हिमालयन डिस्टिलरी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ११ करोड ०२ लाख ८८ हजार १ सय ४९ रुपैयाँ ८ पैसाको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको