काठमाडौँ, २६ असार। लगानी बोर्ड नेपालले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि भारतीय सरकारी स्वामित्वको विद्युत कम्पनी एनएचपीसी लिमिटेडसँग आइतबारदेखि वार्ता सुरु गर्ने भएको छ।
राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि गत वैशाख २९ गते बोर्डलाई भारतीय कम्पनीबाट औपचारिक प्रस्ताव आएको थियो।
चीनको थ्री गर्जेज कर्पोरेसनले आयोजनाबाट बाहिरिएको चार वर्षपछि भारतीय कम्पनीले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी (एसआर–६) गरी कुल १२ सय मेगावाट विद्युत् उत्पादन गर्न आवेदन दिएको थियो।