Tuesday, September 26, 2023
spot_img
Homeविजनेसमौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौँ२६ असार। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव मागेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको मौद्रिक नीतिका लागि सरोकारवालासँग सुझाव मागेको हो।

राष्ट्र बैंक ऐन अन्तर्गतको दफा ५ को खण्ड ४४ ले मौद्रिक नीति तर्जुमा र कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ। यसका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले monetarypolicy@nrb.org.np मा कुनै पनि व्यक्तिले सुझाव (इमेल) दिन सक्ने जनाएको छ।

यसअघि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति २०७८ असार २९ गते सार्वजनिक गरेको थियो। सामान्यतया बजेट घोषणा भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको