Saturday, September 23, 2023
spot_img
Homeसमाचारप्रदेशको नाम टुंग्याउने कसरत, के होला त् प्रदेश १ को नाम?

प्रदेशको नाम टुंग्याउने कसरत, के होला त् प्रदेश १ को नाम?

काठमाडौँ२६ असार। प्रदेश १ को नाम भौगोलिक आधारमा ‘सप्तकोशी’ राख्नुपर्नेमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले मूख्य विपक्षी एमाले र राप्रपाले गरेको प्रस्तावमा सहमति जनाएको छ।

शुक्रबार विराटनगरमा आयोजित सर्वदलीय बैठकमा कांग्रेसले कुनै नाम प्रस्ताव नगरेको सूचना सार्वजनिक भएपछि अन्त:त् कांग्रेसले पनि एमाले र राप्रपाले भौगोलिक आधारमा नामकरण गर्नुपर्ने प्रस्ताव लाई सहमति जनाएको हो र अरूका प्रस्ताव सुनेर तिनैबाट विकल्प खोज्नुपर्ने बताएको थियो।

एकीकृत समाजवादीले कोशी वा सगरमाथामा किरात जोडेर बहुपहिचानयुक्त बनाउन प्रस्ताव गरेको थियो भने माओवादी केन्द्रले किरात प्रदेश प्रस्ताव गरेको थियो।

जसपाले किरात, लिम्बुवान, शेर्पालुङ मधेश र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले लिम्बुवान किरात नाम राख्नुपर्ने प्रस्ताव गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको