Saturday, September 23, 2023
spot_img
Homeविजनेसदुई सातामा नेपाल आयल निगमको बक्यौता रकम ८ अर्बले बढ्यो

दुई सातामा नेपाल आयल निगमको बक्यौता रकम ८ अर्बले बढ्यो

काठमाडौं, २५ असार। नेपाल आयल निगमको आफ्नो आपूर्तिकर्ता भारतीय आयल कर्पोरेसनसँगको बक्यौता पछिल्लो दुई सातामा ८ अर्बले बढेर रु ३० अर्ब पुगेको छ।

असार मध्यान्नमा डिजेल र पेट्रोलको मूल्य घटाएपछि आएको कमीलाई सरकारले पूर्ति गर्न नसकेपछि विगत दुई सातादेखि भारतीय आपूर्तिकर्तालाई पूरा भुक्तानी गर्न सकेको छैन।

नेपाल आयल निगमको वित्त/प्रशासन शाखाका उपप्रबन्ध निर्देशक नागेन्द्र साहको अनुशार शुक्रबार नेपाल आयल निगमले ५ अर्ब १ करोड रुपैयाँ आईओसीलाई बुझाएको हो।

नेपाल आयल निगमले असार ९ गतेसम्म भारतीय आपूर्तिकर्ताको करिब २२ अर्ब रुपैयाँ तिर्न बाँकी थियो जुन ८ अर्बले बढेर रु ३० अर्ब पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी मन्दीको आशंकामा ओरालो लाग्न थालेपछि राष्ट्रिय तेलको एकाधिकारको आर्थिक स्थितिमा सुधार आउने आशा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको