काठमाडौँ २३ असार। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई 7, बिहीबार कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन्। कन्जरभेटिभहरूले अर्को प्रधानमन्त्री चयन नगरेसम्म उनी प्रधानमन्त्री पदमा रहनेछन्।
बिहिबार समर्थक र दर्शकहरूको भीडलाई सम्बोधन गर्दै जोनसनले भने, “यो स्पष्ट रूपमा संसदीय कन्जरभेटिभ पार्टीको इच्छा छ कि पार्टीलाई नयाँ नेता चाहिएको छ र त्यसैले नयाँ प्रधानमन्त्री हुनुपर्छ।”
उनले भने, ‘नयाँ नेता नआएसम्म मैंले मन्त्रिपरिषद् नियुक्त गरेको छु। त्यो प्रक्रिया कम्तिमा छ हप्ता वा बढी लाग्न सक्छ। समयतालिका अर्को हप्ता घोषणा हुनेछ।
यद्यपि आलोचकहरूले भने उनलाई कामचलाउ प्रधानमन्त्रीको रूपमा रहन दिनु हुँदैन र उहाँलाई जतिसक्दो चाँडो पदबाट हटाउनु पर्छ भनेका छन्।