Tuesday, March 19, 2024
spot_img
Homeविजनेसकारोबार रकम संगै दोहोरो अंकले घट्यो नेप्से

कारोबार रकम संगै दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ२३ असार। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६.६० अंक वा ०.८१ प्रतिशतले घटेको छ। बुधवार २०४३.९२ विन्दुमा बन्द भएको नेप्से आज बिहिवार २०२७.३२ विन्दुमा बन्द भएको हो।

४७ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २२९ स्टकको ३१ हजार २ सय ७६ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ८० करोड ६२ लाख ०४ हजार ७ सय ६४ रुपैयाँ ९८ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक घट्दा आज माउन्टेन हाइड्रो नेपाल लिमिटेड शेयरमूल्य सर्वाधिक ३.२४ प्रतिशत बढेको हो र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.२० प्रतिशत घटेको हो।

लाईफ इन्सुरेन्स कर्पोरेसन(नेपाल) लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ७ करोड ६५ लाख ८९ हजार ८ सय ८२ रुपैयाँ ५ पैसाको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको