Thursday, March 28, 2024
spot_img
Homeविजनेसयस आर्थिक बर्षको जेष्ठ सम्ममा नेपालको व्यापार घाटा २५ प्रतिशतले बढ्यो!!!

यस आर्थिक बर्षको जेष्ठ सम्ममा नेपालको व्यापार घाटा २५ प्रतिशतले बढ्यो!!!

काठमाडौँ२१ असार। आर्थिक बर्ष २०७८/७९ को जेष्ठ महिना सम्म नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रकम बराबरको आयात गरेको छ भने पछिल्लो आर्थिक बर्ष २०७७/७८ को जेष्ठ महिना सम्म १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रकम बाराबरको आयात गरेको थियो जुन यस आर्थिक बर्षमा २७.५ प्रतिशतले बढेको हो।

यसैगरि आर्थिक बर्ष २०७८/७९ को जेष्ठ महिना सम्म नेपालले १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १६ हजार रकम बराबरको निर्यात गरेको छ भने पछिल्लो आर्थिक बर्ष २०७७/७८ को जेष्ठ महिना सम्म १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रकम बाराबरको निर्यात गरेको थियो जुन यस आर्थिक बर्षमा ५३.३ प्रतिशतले बढेको हो।

माथिको तथ्यांक हेर्दा नेपालले यस आर्थिक बर्षको जेष्ठ महिना सम्म १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख ७८ हजार व्यापार घाटा सहनु परेको हो तथापी पछिल्लो आर्थिक बर्षको जेष्ठ महिना सम्म नेपालले १२ खर्ब ६२ अर्ब ११ करोड ०९ लाख ६५ हजार व्यापार घाटा सहेको थियो जुन यस आर्थिक बर्षमा २५ प्रतिशतले बढेको हो।

यस आर्थिक बर्षको जेष्ठ महिना सम्मको आयात/निर्यातको अनुपात ९.४९ प्रतिशत कायम गरेको छ भने पछिल्लो आर्थिक बर्षको जेष्ठ महिना सम्मको आयात/निर्यातको अनुपात ११.४१ प्रतिशत थियो जुन यस आर्थिक बर्षको जेष्ठ महिना सम्म १६.८ प्रतिशतले घटेको हो।

नेपालले कुल ५ हजार २ सय ४ वटा शीर्षकमा आयात गरेको थियो भने मात्र ९ सय ४१ वटा शीर्षकमा निर्यात गरेको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको