Tuesday, September 26, 2023
spot_img
Homeमनोरन्जनफिल्मी समाचारचलचित्र 'प्रसाद-२' बन्ने

चलचित्र ‘प्रसाद-२’ बन्ने

नेपाली चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो ।

२०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रुपमा निर्माण हुन लागेको यस चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने चलचित्रकाे निर्देशन सुदर्शन थापाले गर्नुहुनेछ।

सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवास थापाले निर्माण गर्न लाग्नुभएको हो । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले प्रसादको साखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै कार्यक्रममा नायिका नम्रता श्रेष्ठले ‘प्रसाद २’ झनै राम्रो हुनेमा विश्वस्त रहेको बताउनुभयो । 

फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मि पाण्डे, गीता अधिकारीलगायतको अभिनय रहनेछ । फिल्मबाट ‘प्रसाद’मा मुख्य भुमिका निर्वाह गरेका अभिनेता निश्चल बस्नेत बाहिरिँदा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको