अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव स्वतन्त्र उम्मेदवारी अभियानले गरेको छ ।
शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै अभियानका संयोजक डम्बर साहुले आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् ।
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव उनले एलाइन्समार्फत गरेका छन् ।