Monday, December 11, 2023
spot_img
Homeविजनेसनेप्सेमा छायो हरियाली, कारोबार रकम पनि ४ अर्ब नाघ्यो

नेप्सेमा छायो हरियाली, कारोबार रकम पनि ४ अर्ब नाघ्यो

काठमाडौं, ९ साउन। मौद्रिक नीतिपछि दोश्रो दिन खुलेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज २.६२ प्रतिशत बढेर २१३२.९६ बिन्दुमा बन्द भएको हो।

शुक्रवार २०७८.५१ बिन्दुमा ३.०३ प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ५४.४५ अंकले बढेको हो।

९९ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १४ स्टकको ६४ हजार २ सय ३१ पटक कारोबार भएको छ भने कुल रकम ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँ ३६ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक बढ्दा १८ कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको हो र एक मात्र शेयर युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य सर्वाधिक १.०८ प्रतिशत घटेको हो।

६.२१ प्रतिशतले बढेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १५ करोड २९ लाख २५ हजार ६ सय ७८ रुपैयाँ ४ पैसाको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको