काठमाडौं, ८ साउन। पछिल्लो २४ घण्टामा ३ सय ४७ जनामा संक्रमण पुष्टि, ९५ जनाको डिस्चार्ज र २ जानाको मृत्यु भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ७७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ८८ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ३ सय ६० पीसीआर परीक्षणमा ३ सय ३ जाना र १ हजार ५ सय २८ एन्टिजेन परीक्षणमा ४४ जनामा गरि कुल ३ सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण दुई जानाले ज्यान गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ७८ हजार २ सय २८ ले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा २ हजार ९ सय ९६ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ८८ पीसीआर परीक्षणमा २ सय १६ जाना र १ हजार ९ सय ८८ एन्टिजेन परीक्षणमा १ सय १९ जनामा गरि कुल ३ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको थियो।