Monday, December 11, 2023
spot_img
Homeसमाचारशनिवार ३३५ जानामा कोरोना संक्रमण

शनिवार ३३५ जानामा कोरोना संक्रमण

काठमाडौं, ७ साउन। पछिल्लो २४ घण्टामा ३ सय ३५ जनामा ​​संक्रमण पुष्टि र ८६ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ७१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ८८ पीसीआर परीक्षणमा २ सय १६ जाना र १ हजार ९ सय ८८ एन्टिजेन परीक्षणमा १ सय १९ जनामा गरि कुल ​​३ सय ३५ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा २ लाख ३६ हजार ७ सय ३८ ले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ८ सय ३८ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार १ सय ६८ पीसीआर परीक्षणमा ३ सय ८४ जाना र १ हजार ६ सय ७० एन्टिजेन परीक्षणमा ७२ जनामा गरि कुल ​​४ सय ५६ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको