Tuesday, March 19, 2024
spot_img
Homeफिचर्डलायन्स डिष्ट्रिक्ट ३२५ ‘एस’को पहिलो क्याविनेट बैठक एवं पदाधिकारी पदस्थापन समारोह सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ ‘एस’को पहिलो क्याविनेट बैठक एवं पदाधिकारी पदस्थापन समारोह सम्पन्न

काठमाडौं, ३ साउन। लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एस’ नेपालले लायनवर्ष २०२२/२३ को आफ्नो पहिलो क्याविनेट बैठक एवं पदाधिकारी पदस्थापन समारोह सम्पन्न गरेको छ।

आइतबार काठमाण्डौंको गौशालास्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा क्याविनेट बैठक सम्पन्न भएको हो। डिष्ट्रिक गभर्नर लायन अमर बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकमा एक समारोहबीच प्रमुख अतिथी लायन्स क्लवका अन्तर्राष्ट्रिय निर्देशक लायन समिर अबो सम्राले डिष्ट्रिक भाईस गभर्नरहरू सहित क्याविनेटका जोन तथा रिजन चेयरपर्सन, प्रोग्राम तथा डपार्टमेण्ट चिफ, कोचिफ, जिएलटी, जिएमटी, जिएसटी कोओडिनेटर लगायत क्लव अध्यक्ष सहितका विभिन्न पदाधिकारीलाई पदस्थापन गराउनु भएको छ। यो कार्यक्रममा सहभागी हुन प्रमुख अतिथी सम्रा प्रथम महिला लायन होडा सवाया अबो सम्रा सहित लेबनानबाट आउनुभएको थियो।

नेपालमा यस अघि चारवटामात्र डिष्ट्रिक रहेकामा यस बर्षदेखि १५ वटा बनाइएको छ। लायन बर्ष २०२२/२३ शुरु भएसंगै विभिन्न १५ वटा डिष्ट्रिकमध्ये डिष्ट्रिक्ट ३२५ ‘एस’ नेपालले सबैभन्दा पहिले आफ्नो पहिलो क्याविनेट पदाधिकारी पदस्थापन बैठक सम्पन्न गरेको हो।

डिष्ट्रिकका पदाधिकारीको पदस्थापनपछि बोल्दै लायन्स अन्तर्राष्ट्रिय निर्देशक समिर अबो सम्राले लायन्स क्लवहरूले समाजका विभिन्न क्षेत्र जस्तै स्वास्थ्य, शिक्षा, वातावरण, विपद, दैविप्रकोप, बाल क्यान्सर, डायबेटीज लगायतका आवश्यक क्षेत्रमा लायन्स सदस्यहरू मार्फत सहयोग गर्दै आएको बताउनु भएको छ। साथै उहाँले लायन्स ल्कव मार्फत नेपालमा भइरहेको सहयोगको खुलेर प्रशंसा गर्नुहुँदै नेपालीको सहयोगी मनहरूलाई धन्यवाद दिनुभएको छ।

बैठकमा गेष्ट अफ् अनर पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन सञ्जय खेतानले नेपालीलाई विश्वले हौसला दिइरहेको र नेपालमा विभिन्न अन्तर्राष्ट्रिय प्रोजेक्टहरू ल्याउन सफल भएको भन्दै लायनवादमा लागेर सेवा गरिरहनु भएकाकै कारण समाजमा सेवा स्थापित भएको जिकिर गर्नुभएको छ।

अध्यक्षता गरिरहनुभएका डिष्ट्रिक गभर्नर श्रेष्ठले एस डिष्ट्रिकमा सबैभन्दा थोरै क्लब परेको भएपनि सबै सक्रिय अबस्थामा रहेकोले नै सेवामा सँधै अब्बल हुने दाबी गर्नुभएको छ। उहाँले यस वर्ष क्लबको संख्या समेत २०० पुर्याउने, छोडेका सबै लायन्स सदस्यहरू आफ्नो क्लव फर्काउने लक्ष्य रहेको बताउनुभयो। समाजमा लायन्सका वारे जानकारी दिनका लागि समेत यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताउनुभएको छ।

कार्यक्रममा विभिन्न शिर्षकमा उत्कृष्ट काम गर्ने लायन्स क्लबहरू तथा विभिन्न क्लब र डिष्ट्रिकका पदाधिकारीलाई गभर्नर पुरस्कार, प्रमाणपत्र, मेडल, लायन्सपिन, गभर्नर पिन आदिले सम्मान समेत अर्पण गरिएको छ। डिष्ट्रिक क्याविनेट कोषाध्यक्ष दिपिन कृष्ण श्रेष्ठ, सचिव बालकुमार पाण्डे, डिष्ट्रिक सिनियर लायन विनय बस्नेत सहित अन्य डिष्ट्रिक पदाधिकारीलाई समेत सम्मान गरिएको छ भने डिष्ट्रिकका जोन, रिजन चेयरपर्सन र डिष्ट्रिक चिफलाई लायन्स अन्तर्राष्ट्रिय पिन समेत प्रदान गरिएको सो अवसरमा हिरो अफ् द डिष्ट्रिकको सम्मानबाट एरिया १का संयोजक लायन आनन्द बाबु के.सी.लाई गभर्नर पदकबाट विभूषित गरिएको छ।

लायन्स मल्टीपल, विभिन्न डिष्ट्रिक पदाधिकारी तथा उच्च पदस्थ व्यक्तित्वहरू सहभागी कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम भाइस डिष्ट्रिक गभर्नर लायन देवकी नन्दन अग्रवालले गर्नुभएको थियो भने डिष्ट्रिक एसमा परेका तीनवटा क्षेत्र काठमाण्डौं, हेटौंडा र वीरगञ्ज मध्ये एरिया १, काठमाण्डौंले व्यवस्थापन गरी सम्पन्न गरेको यस कार्यक्रमलाई डिष्ट्रिक्ट सचिव बालकुमार पाण्डेले सञ्चालन गर्नुभएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको