Monday, December 11, 2023
spot_img
Homeसमाचारनेपालमा कोरोना संक्रमण संख्या बढ्दै

नेपालमा कोरोना संक्रमण संख्या बढ्दै

काठमाडौं, ३ साउन। पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा ​​संक्रमण पुष्टि र ६२ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ८२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५७ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ८ सय ५७ पीसीआर परीक्षणमा २ सय ६८ जाना र १५ सय एन्टिजेन परीक्षणमा ८९ जनामा गरि कुल ​​३ सय ५७ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन। आज कोरोना बिरुद्धको खोप ३६ हजार ३ सय ४८ जानाले लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ६ सय ५१ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ३ सय ४१ पीसीआर परीक्षणमा ३ सय ८६ जाना र २ हजार ३ सय १० एन्टिजेन परीक्षणमा ७१ जनामा गरि कुल ​​४ सय ५७ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको