काठमाडौं, ३ साउन। काठमाडौंको जोरपाटीमा मंगलबार विहान साढे १० बजेदेखि लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ। घरमा बोरिङ खन्ने क्रममा निस्किएको लेदो माटोको कारण सो ठाउँ वरपरका १५–२० घर लेदो माटोले भरिएको छ।
स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको बताइएको छ। माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति भने भएको छैन।
बोरिङ खन्ने क्रममा बिस्पोट कसरी भयो र ग्यास कसरी निस्किएको हो भन्ने कुराको अनुसन्धान भने हुन् बाँकी नै रहेको छ।