Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारहात्तीछाप’लाई लिएर उत्साहित दया, भन्छन्–‘दामी बनेको छ’

हात्तीछाप’लाई लिएर उत्साहित दया, भन्छन्–‘दामी बनेको छ’

अमेरिकाबाट फर्र्किए लगतै माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा देखिएका नायक दयाहाङ राई उत्साहित देखिए । उनले पत्रकारहरुसँग कुराकानी गर्दै यो फिल्मको कथावस्तु आफूलाई निकै मन परेकाले काम गरेको बताए । किन ‘हात्तीछाप’ साइन गर्नुभयो भन्ने प्रश्नमा दयाले भने–‘पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो कुरा निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने बिषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।’

दयाले यो फिल्मबाट आफू सन्तुष्ट रहेको बताए । भने–‘यसको मुख्य उद्देश्य त व्यवसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न बिषयवस्तुलाई समेटेको छ । यो फिल्म दामी बनेको छ । यसैले, म उत्साहित छु ।’

दयासँगै रहेकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्नमा उपासनाले भनिन्–‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’

फिल्मको ट्रेलरमा भुकम्पको दृश्य पनि समावेश गरिएको छ । यो फिल्मले भुकम्पको कथा नै भन्न खोजेको हो या अरु के हो भन्ने प्रश्नमा दयाले भने–‘त्यो एउटा पार्ट मात्र हो । यसको स्टोरीको संसार छुट्टै छ । भुकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ ।’

मिडियाकर्मीसँग कुरा गर्दै उपासनाले भनिन्–‘यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक फिल्मको रुपमा मात्र हेर्नु हुदैन । सबै नेपालीहरुले भोगेको बिषयलाई लिएर कथा बनाइएको छ ।’

फिल्मले पैसाको कथालाई पनि उठान गरेको दयाले बताए । यो फिल्मले आम नेपालीहरुको कथालाई जोड्ने उनको भनाई छ । दयाले, यो फिल्म लामो समयपछि पनि दर्शकले संझन सक्ने दाबी गरे ।

किरण नेपालीको प्रस्तुतीमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

कार्तिकको २४ गतेबाट रिलिजमा आएको दयाहाङ अभिनित फिल्म ‘दिमाग खराब’पछि कुनै पनि नेपाली फिल्मले व्यापारिक रुपमा सफलता हात पारेका छैनन् । यसैले, ‘हात्तीछाप’बाटै बक्स अफिसलाई चलायमान बनाउनुपर्ने चुनौती पनि दयाको काँधमा छ । यसपटक, ‘कबड्डी र २ नम्बरी’का सहयात्री सौगात मल्ल पनि उनको साथमा भएकाले उनलाई केही सहज हुने पक्का छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको