Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारपूजार सार्की'को लागि प्रकाश र शान्ति श्रीको स्वरमा गीत रेकर्डिङ

पूजार सार्की’को लागि प्रकाश र शान्ति श्रीको स्वरमा गीत रेकर्डिङ

काठमाडौँ। अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् ।

चलचित्रका निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत गायक सपूतसँगको फोटो शेयर गर्दै गीत रेकर्डिङ भएको जनाएका छन् । उनले गीतको शीर्षक भने खुलाएका छैनन् । लोक शैलीमा तयार हुँदै गरेको सो गीतमा हर्क साउदको शब्द रचना, सुबास भुसालको सङ्गीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको राउतले जानकारी दिएका छन् ।

यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउँदा यसले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । ‘प्रसाद’, ‘क्लासिक’, नोभेम्बर रेन’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस चलचित्रलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् ।

माघको मध्यबाट छायाङ्कन सुरु हुने यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । सङ्गीतकार सुबास भुसालले निर्माण गर्दैछन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् ।

भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो ।

‘पूजार सार्की‘ किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको