Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँएक्ला ज्येष्ठ नागरिकको साथी बन्दै बुवा केयर

एक्ला ज्येष्ठ नागरिकको साथी बन्दै बुवा केयर

काठमाडौं, ३० मंसिर। उमेर अनुसारको आधारभूत सेवा नपाई निरश जीवन बिताउन वाध्य पाका मानिसहरुले अब आफ्नो हेरचाह कसले गरिदेला भनेर चिन्ता नगरे पनि हुने भएको छ।

अब विशेषज्ञहरुले शहरको व्यस्त जीवनमा उपयुक्त हेरचाह नपाएर उकुसमुकुस अनुभव गरिरहेका त्यस्ता पाका मानिसहरुको सेवा गर्न थालेका छन्।

झट्ट सुन्दा बाबुको मात्रै सेवा गर्ने संस्था हो कि भनेजस्तो लाग्ने ‘बुवा केयर’ नाम राखिएको संस्थाले सबै ज्येष्ठ नागरिकको सेवा गर्छ। यो संस्थाले ज्येष्ठ नागरिकको स्वास्थ्यको नियमित हेरचार गर्छ, उनीहरुलाई उमेर अनुसारको मनोरञ्जन पनि गराउँछ र एक्लो छु भन्ने भयबाट मुक्त गराउने प्रयाश गरिरहन्छ भन्छन्‘बुवा केयर’ का सञ्चालक मध्येका एक डा.अनाम प्याकुरेल।

काठमााडौमा सात महिना अगाडि सञ्चालनमा आएको बुवा केयरको मुख्य उद्देश्य सेवा निवृत्त व्यक्तिहरुको शारिरीक र मानसिक स्वास्थ्यका साथै उनीहरुलाई मनोरञ्जन र हौसला प्रदान गरी उपयुक्त केयर गर्नु रहेको बताउँछन् प्याकुरेल।

यो बाहेक संस्थाले अन्य क्षेत्रका नागरिकलाई पनि स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श र उपचार सेवा उपलब्ध गराउँदै आएको उनको भनाई छ।

छोराछोरी विदेशमा बस्ने वा कार्यव्यस्थताका कारण अभिभावकलाई समय दिन नपाउने परिस्थितिलाई ध्यानमा राखेर बुवा केयरले घरमै निस्कृय बसिरहन वाध्य ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य सेवा दिइरहेको प्याकुरेल बताउँछन्।

काठमाडौं, ललितपुर र भक्तपुरभित्रका ज्येष्ठ नागरिकले विभिन्न प्याकेजमार्फत बुवा केयरको स्वास्थ्य सेवा लिइरहेका छन्।

बुवा केयरले ज्येष्ठ नागरिकलाई अस्पताल ओहोरदोहोर गर्न यातायातको सुविधा दिएको छ भने उनीहरुलाई भावनात्मक रुपमा एक्लो र मानसिक रुपमा तनावमा बस्न नपरोस भन्ने कुरालाई निकै ध्यान दिएर आफ्ना सेवाहरु दिइरहेको प्याकुरेलले बताए।

‘बुवा केयर सञ्चालनमा ल्याउनुको उद्देश्य नै ज्येष्ठ नागरिकहरु जो लामो समय कुनै संस्थामा काम गरेर पछि रिटायर्ड भैसकेपछि उहाँहरुले फिल गर्ने इमोसन्स, मेन्टल हेल्थ र शारिरीक स्वास्थ्यलाई सम्बोधन गर्ने हेतुले हामीले यो संस्था सञ्चालनमा ल्याएका हौं।’ प्याकुरेलले भने।

बुवा केयरमा सदस्यता लिएका व्यक्तिका लागि संस्थाले स्वास्थ्य र मनोरञ्जन गरी दुईवटा सेवा छुट्टाछुट्टै रुपमा उपलब्ध गराउँछ। स्वास्थ्यतर्फ ज्येष्ठ नागरिकको लागि हरेक तीन महिनाको अन्तरमा स्वास्थ्य जाँचका लागि घरमै डाक्टर पठाउने, आवश्यक औषधीको निशुल्क घरमा उपलव्ध गराउने, वर्षमा दुई चोटी पुरै शरीरको स्वास्थ्य परीक्षण गर्ने, कसैलाई औषधी नियमित खुवाउनुपर्ने छ वा ख्याल गर्नुपर्ने अवस्थाका बिरामी भए सोही अनुसारको हेरचाह गर्ने, भैपरि आउँदा २४ घण्टा नै टेलिमेडिसिन सेवा उपलब्ध गर्नेलगायतका कार्य गर्दै आएको छ । यस्तै ज्येष्ठ नागरिकले भावनात्मक रुपमा एक्लो भएको महशुस गर्न नपरोस् भन्ने हेतुले मनोरञ्जनात्मक विविध कार्य कार्यालयमै बसेर गर्न सक्नेछन्।

प्याकुरेलले भने, ‘बुवा फन क्लब र फ्यान क्लब भन्ने छ । फन क्लबमा हामीले वर्षको एकचोटी रिट्रिट प्रोगाम गर्ने र एक चोटी तिर्थ स्थलको भ्रमण गराउने गरेका छौं । फ्यान क्लबमा हामीसँग आबद्ध हुनुभएका बुवाआमाहरु हाम्रो अफिसमै कार्यालय समयमा उपस्थित भएर उहाँहरु सबै बसेर समसामयीक विषयमा छलफलहरु गर्न सक्नुहुन्छ । जस्तोकिः सेयर मार्केटमा लगानी गर्नुपर्ने छ भने उहाँहरु यहीँ बसेर यो विषयमा आवश्यक छलफल गर्न सक्नुहुन्छ । हामीले उहाँहरुलाई विषयविज्ञलाई यहीँ बोलायर योजनाहरु बनाउन आवश्यकता अनुसारको जानकारी र सल्लाह सुझाव दिदै आएका छौं ।’

विशेषगरी ज्येष्ठ नागरिकको लागि बार्षिक र त्रैमासिक गरी प्याकेजमा विभिन्न सेवा उपलब्ध गराइएको प्याकुरेलले जानकारी दिए । त्यसमा विभिन्न १३ ओटा स्वास्थ्य सेवाहरु प्याकेजबाटै प्रदान गरिन्छन्।

३० हजारको प्रिमियम सदस्यता लिनेले वर्षमा घरमा दुई पटक डाक्टरको निःशुल्क काउन्सिलिङ र निशुल्क होलबडि जाँच गर्ने, १२ महिनाको औषधि निःशुल्क डेलिभरी गर्ने, वर्षमा एक पटक दाँत र आँखा जाँच,आहारविद्को अनुसार विशिष्ट आहार योजनाहरू (मधुमेह, उच्च रक्तचाप, मोटोपन, कुपोषितका लागि) प्रदान गर्ने तथा २ वर्ष भित्र निःशुल्क डाक्टर कक्षाहरू (कार्डियोलोजिस्ट क्लास, डायबिटिज क्लास, डाइटिशियन क्लास, मेडिटेशन क्लास, आर्ट अफ लिभिङ र लाइफ ह्याप्पिनेस मोटिभेसन क्लास) लगायतका सुविधाहरु पाउने छन्।

यस्तै ६ महिनाको २० हजारको प्याक र ३ महिनाको प्याक लिनेले पनि सोही अनुसारको सेवा सुविधा पाउनेछन्।

हाल सस्थामा १६ जनाले सदस्यता लिएर नियमितरुपमा स्वास्थ्य सेवा लिइरहेका छन्। ती मध्ये सबै एक्ला र घरका सदस्यले समय दिन नभ्याएका सदस्य रहेका छन्। सो बाहेक विभिन्न क्षेत्र र संस्थालाई बुवा केयरले सम्झौता गरी स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । बेलाबेलामा विभिन्न स्थानमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको प्याकुरेलले जानकारी दिए ।

ज्येष्ठ नागरिक बाहेक बुवा केयरले सबै उमेर समूहका नागरिकलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउँने पाँच वर्षे योजना बनाएको छ। हाल उपत्यकामा सिमित बुवा केयरलाई उपत्यका बाहीर पनि विस्तार गर्ने योजना संस्थाले बनाइरहेको छ।

‘हाम्रो आगामी प्लान भनेको यसलाई फैलाएर काठमाडौं बाहिरका भैरहवा, नेपालगंज, विराटनगर, धरान र विर्तामोडबाट पनि सञ्चालन गर्ने योजना बनाएका छौं । पाँच वर्षे योजना नै बनाएर हामीले काम गरिरहेका छौं ।

आगामी दिनमा ज्येष्ठ नागरिकलाई नै लक्षित गरी प्राकृतिक, शान्त र राम्रो वातावरणको आश्रम भन्दा पनि मनोरञ्जनात्मक ठाउँ बनाउँदै छौं । चाहनेले सदस्यता लिएर त्यहाँ बस्न सक्नुहुन्छ। जहाँ हामी योगा,हेल्थ केयर, आर्ट अफ लिभिङको स्किल्स सिकाउनेदेखि लिएर आवश्यकता अनुसारको विभिन्न ट्रेनिङ र सेवा सुविधा उपलब्ध गराउनेतर्फ काम गरिरहेका छौं’ सञ्चालक प्याकुरेलले भने।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको