Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारउपप्रधानमन्त्री श्रेष्ठले लिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार व्यवस्थापनबारे जानकारी

उपप्रधानमन्त्री श्रेष्ठले लिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार व्यवस्थापनबारे जानकारी

काठमाडौं, ५ साउन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमानस्थल व्यवस्थापन, सामान जाँच र सामान आयात प्रक्रियाको अनुगमन गरेका छन्।

सो अवसरमा उहाँसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसमेत रहेका थिए। उपप्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलको सुरक्षा र व्यवस्थापनका विषयमा पनि जानकारी लिएका थिए।

उनले हवाइजहाज अवतरणदेखि यात्रु, विमानस्थलका कर्मचारीको प्रवेश, ह्यान्डब्याग र कार्गो अवतरण र चेकिङ प्रक्रियासम्मको सम्पूर्ण प्रक्रियाको अनुगमन गरेका थिए।

निरीक्षण तथा अनुगमनका क्रममा उपप्रधानमन्त्री र गृहमन्त्रीसँगै गृहसचिव, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभागलगायतका कार्यालयका उच्च अधिकारीसमेत सहभागी थिए।

दुई दिनअघि राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलमा चेकजाँच गरेर ट्याक्सीमा ल्याइँदै गरेको ठूलो परिमाणमा सुन बरामद गरेको थियो। यसले विमानस्थल व्यवस्थापन, सुरक्षा र भन्सार प्रक्रियाका साथै आउने कार्गोको पारगमनको कमजोरी उजागर गरेको छ।

अनुगमनपछिको संक्षिप्त मन्तव्यमा गृहमन्त्री श्रेष्ठले कमजोरीका लागि एक अर्कामा औंला उठाउनेभन्दा पनि विमानस्थलका सरोकारवाला निकायबीच समन्वय गरी एकीकृत रूपमा काम अघि बढाउनुपर्नेमा जोड दिए।

‘राष्ट्रिय सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो, विमानस्थलमा हुने अपराध र राजस्व छलीविरुद्ध सम्बन्धित सबै निकायले कडाइ गर्नुपर्छ। तर, हामी यात्रु र आगन्तुकहरूप्रति विनम्र हुनुपर्छ, ”उनले भने।

वर्तमान सरकारले सुशासन, गुणस्तरीय आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका लागि कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाइलाई जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले सरकारी कर्मचारीलाई पनि सोही भावनाअनुसार काम गर्न आफ्नो निर्देशन रहेको बताए। सुन तस्करी सम्बन्धी छानबिन समितिले यस विकृतिको जरासम्म पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको