Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचाररोटरी युथ लिडरसिप अवार्ड सम्पन्न

रोटरी युथ लिडरसिप अवार्ड सम्पन्न

काठमाडौं, ४ जेठ। रोटरी युथ लिडरसिप अवार्डको तीन दिने क्लोज क्याम्प सम्पन्न भएको छ। १५ मेबाट सुरु भएको उक्त क्याम्प चेतना केन्द्र, बनेपामा १७ मेसम्म चलेको हो।

यो क्याम्प रोटरी डिस्ट्रिक ३२९२ अन्तर्गतका रोटरी क्लब अफ रुद्रमती काठमाडौं, रोटरी क्लब अफ दरबारमार्ग, रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ पशुपति काठमाडौंको संयुक्त आयोजना र अन्य १३ वटा रोटरी क्लबको सहयोगमा सम्पन्न भएको हो।

विशेषत: १५-२० वर्ष उमेर समूहका युवाहरूको लागि डिजाइन गरिएको यो तीन दिने क्लोज क्याम्प देशका विभिन्न जिल्लामा रहेका रोटरी, रोटार्याक्ट र इन्टर्याक्ट क्लबहरूको सहभागितामा सम्पन्न भएको हो।

रोटरी युथ लिडरसिप अवार्ड रोटरी इन्टरनेसनलअन्तर्गत पर्ने महत्त्वपूर्ण कार्यक्रम हो। उक्त कार्यक्रमको उद्घाटन समारोहको सभापतित्व रायला अध्यक्ष रोटारियन खिमबहादुर कार्कीले गरेका थिए। रायलाको बारेमा छोटो वक्तव्य तथा स्वागत मन्तव्य रोटरी क्लब अफ दरबारमार्गका अध्यक्ष रोटारियन एकनारायण ढकालले राखेका थिए। त्यसैगरी, प्रमुख अतिथिको रूपमा डिस्ट्रिक गभर्नर रोटारियन जितेन्द्र राजभण्डारी रहेका थिए। रायलाअन्तर्गत रहेर विभिन्न विधामा काम गर्ने युवाहरूलाई डिस्ट्रिक गभर्नर रोटारियन जितेन्द्र राजभण्डारीद्वारा पुरस्कृत गरिएको थियो। यसका साथै कार्यक्रममा भाग लिने र सहयोग गर्ने सम्पूर्ण सहभागीहरूलाई सम्मान गरिएको थियो।

यो कार्यक्रममा अनिल चित्रकार, दीपक भट्ट, राजु सरकार, मिस अर्थ श्रीषा श्रेष्ठ, मिस नेपाल सुगारिका के.सी. लगायतका वक्ताहरू रहेका थिए भने देवराज घिमिरेले स्काउटसँग सम्बन्धित तालिम प्रदान गरेका थिए। क्याम्पको दोस्रो दिन दुर्गाप्रसाद सुवेदीद्वारा दिइएको योग प्रशिक्षणबाट सुरु भएको थियो। तीन दिनको उक्त कार्यक्रममा विभिन्न ट्यालेन्ट शो, कल्चरल शो, विभिन्न तालिम तथा बेस्ट राइलियन अवार्ड लगायतका अन्य विधामा समेत अवार्ड प्रदान भएको थियो। मिस्टर रायला कृषकुमार गुप्ता बनेका थिए भने मिस रायला बन्न सफल भएकी थिइन सुष्मा परीयार।

क्याम्पको अन्तिम दिन बिहान हाइकिङ तथा प्रोजेक्ट साइट भिजिट गरिएको थियो। कार्यक्रमको उद्घाटन र समापन समारोह रोटारियन भुवनसिंह कुँवरको संचालनमा सम्पन्न भएको थियो। समापन समारोहमा रायला को-चेयर रोटारियन सुदीप कोइरालाले छोटो वक्तव्य राखेका थिए। र अन्त्यमा, रोटरी क्लब अफ रुद्रमती काठमाडौंका अध्यक्ष रोटारियन किशोर त्रिपाठीको धन्यवाद ज्ञापनसँगै उक्त तीन दिने कार्यक्रम सम्पन्न भएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको