Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeखेलकुदक्रिकेटसेभेन थ्री स्पोर्ट्ससँगको नेपाल टी–२० सम्झौता खारेज गर्न सुझाव

सेभेन थ्री स्पोर्ट्ससँगको नेपाल टी–२० सम्झौता खारेज गर्न सुझाव

काठमाडौं, १२ माघ। नेपाल टी–२० लिगको विवादबारे छानबिन गर्न गठित कार्यदलले नेपाल क्रिकेट संघ र भारतीय खेलकुद व्यवस्थापन कम्पनी सेभेनथ्री स्पोर्ट्सबीच भएको सम्झौता तत्काल खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समिति सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो।

‘विदेशी कम्पनी (सेभेनथ्री स्पोर्ट्स)सँग भएको सम्झौताले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ र दफा ४४ (२) को प्रावधान उल्लंघन गरेको छ,’ राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘त्यसैले प्रचलित ऐन र नियमविपरीत भएको नेपाल टी–२० लिगसँग सम्बन्धित सम्झौता तत्काल खारेज हुने निष्कर्षमा पुगेको छ’, विज्ञप्तिमा थपिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुष ९ देखि पुष २७ सम्म आयोजना गरेको पहिलो फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी–२० स्पट फिक्सिङ काण्ड र पारिश्रमिकको समस्याले त्रसित भएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी अनुसन्धानबाट चार नेपाली र ६ विदेशीको संलग्नता पत्ता लागेको जनाएको थियो।

प्रहरीले सोमबार दिग्गज क्रिकेटर महबूब आलम र उदाउँदो स्टार मोहम्मद आदिल आलम (आदिल अन्सारी)लाई स्पट फिक्सिङको आरोपमा पक्राउ गरेको छ।

ब्यूरोका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार महबुबले कम्तीमा दुई खेलाडीलाई फिक्सिङको प्रस्ताव राखेका थिए भने आदिल कम्तिमा दुई खेलमा स्पट फिक्सिङमा संलग्न थिए। दुवै क्रिकेटरलाई थप अनुसन्धानका लागि मंगलबार ५ दिनको म्याद थप गरिएको थियो।

जनकपुर रोयल्सबाट खेल्ने क्रिकेटर मोहम्मद आदिल आलम (आदिल अन्सारी) ले स्पट फिक्सिङ योजनाअन्तर्गत कम्तिमा दुई खेलमा एक वाइड र नो-बल गरेको अनुसन्धानले देखाएको छ।

त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व राष्ट्रिय खेलाडी महबुब आलमलाई स्पट फिक्सिङमा संलग्न भएको आरोप लगाएको छ। आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङको प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

विवादित नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा प्रहरीले अनुभवी क्रिकेटर महबुब आलम र उदाउँदो स्टार मोहम्मद आदिल आलम (आदिल अन्सारी)लाई सोमबार पक्राउ गरेको छ।

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल र लिग कमेन्टेटर सचिन तिमिल्सेनाले नेपाल टी–२० मा स्पट फिक्सिङको खुलासा गरेपछि कार्यदल गठन गरिएको हो।

प्रतियोगिताको आयोजक क्यानले प्रतियोगिताको अधिकार ८ वर्षका लागि सेभेनथ्री स्पोर्ट्सलाई ३३ करोड रुपैयाँमा प्रतिस्पर्धात्मक बोलीविना बेचेपछि प्रतियोगिता उद्घाटनअघि नै विवादमा परेको थियो।

राष्ट्रिय खेलकुद विकास ऐनको दफा ४४ (२) मा खेलकुद संघले विदेशी सरकार, संस्था वा व्यक्तिसँग कुनै पनि किसिमको सम्झौता गर्नुअघि राष्ट्रिय खेलकुद संघ मार्फत सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

अनुसन्धान ब्यूरो स्रोतका अनुसार सेभेन थ्री स्पोर्ट्सका प्रबन्ध निर्देशक जतिन अहलुवालियाले कथित रूपमा घोटालाको मुख्य योजनाकार थिए र पक्राउ परेका क्रिकेटरहरू अहलुवालियाको निर्देशनअनुसार सञ्चालित थिए। म्याच र स्पट फिक्सिङको हल्ला फैलिएपछि अहलुवालिया प्रतियोगिताको बीचमा नेपालबाट भागेका थिए।

६ मध्ये कुनै पनि टोलीले क्रिकेट खेलाडीलाई पूरा भुक्तानी गरेको छैन र टोलीको स्वामित्वमा पनि पारदर्शिताको अभाव छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको