Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारयती एयरलाइन्सका भोलिका सबै उडान रद्द

यती एयरलाइन्सका भोलिका सबै उडान रद्द

काठमाडौं, १ माघ। पोखरामा आइतबार एटीआर विमान दुर्घटना भएपछि यति एयरलाइन्सले भोलि (सोमबार)का लागि तय भएका सबै उडान रद्द गरेको छ।

आइतबार साँझ जारी विज्ञप्तिमा एयरलाइन्सले भोलिका लागि तय गरिएका सबै उडान रद्द गरिएको जानकारी दिएको छ।

एयरलाइन्सका अनुसार भोलि आपत्कालीन र उद्धार उडान हुनेछ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा चालक दलका ४ सदस्य र ६८ यात्रु थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यात्रुमा ५३ नेपाली, पाँच भारतीय, चार रुसी, एक आयरिश, एक अष्ट्रेलियन, एक अर्जेन्टिनी, दुई कोरियन र एक फ्रान्सेली नागरिक थिए। पोखरा विमानस्थलबाट दुईवटा हेलिकप्टर तैनाथ गरिएको छ भने थप हेलिकप्टर काठमाडौंमा तयारी अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ।

अहिले पनि घटनास्थलबाट शव निकाल्ने काम भइरहेको छ।

यस्तै सरकारले आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शोकमा सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर सार्वजनिक बिदाको घोषणा गरेका थिए।

मन्त्रिपरिषद् बैठकले दुर्घटनाको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

त्यसैगरी सरकारले प्रत्येक आन्तरिक वायुसेवा कम्पनीका जहाजलाई उडान भर्नुअघि कडाइका साथ निरीक्षण गर्न पनि निर्देशन दिएको छ।

यसैबीच, प्रधानमन्त्री दाहाल घटनास्थलको जानकारी लिन र पीडित परिवारप्रति समवेदना प्रकट गर्न पोखरा जाँदैछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको