Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचाररसुवागढी नाकाबाट तीन सयभन्दा बढी नयाँ सवारीसाधन भित्रिए

रसुवागढी नाकाबाट तीन सयभन्दा बढी नयाँ सवारीसाधन भित्रिए

काठमाडौं, २० पुष। चालु आर्थिक वर्षको ६ महिनामा चीनबाट रसुवागढी नाका हुँदै तीन सयभन्दा बढी नयाँ सवारी साधन नेपाल भित्रिएका छन्।

कुल ३५० आयातित सवारी साधनमा १३२ विद्युतीय कार, ८२ विद्युतीय भ्यान, ११ हाइलक्स गाडी, ७८ वटा इन्धनयुक्त कार र दुईवटा लोडर रहेको ट्रान्जिटमा तैनाथ सुरक्षाकर्मीले जानकारी दिए।

आयातित सवारी साधनमध्ये अधिकांश भन्सार प्रक्रियामा जान बाँकी रहेकाले रसुवागढी नजिकैको घट्टेखोला र टिमुरेमा राखिएको छ।

त्यसैगरी सोही अवधिमा तयार कपडा, जलविद्युतसँग सम्बन्धित सामग्री, मोटर तथा विद्युतीय पार्टपुर्जा, टेलिफोन सामग्री, फलफूल तथा फर्निचर भरिएका पाँच ट्रक आयात भएको छ।

कोभिड–१९ बाट नेपाल र चीनबीचको यातायातको रुपमा रहेको लेहेन्देखोला मितेरी पुलबाट आवतजावत ठप्प भएपनि चिनियाँ पक्षले चिनियाँ चालकको सहयोगमा चिनियाँ नम्बर प्लेटका सवारी साधनमा नेपालतर्फ सामान ढुवानी गर्दै आएको छ।

सामान आयातबाट २ अर्ब ९ करोडभन्दा बढी राजस्व सङ्कलन भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको