काठमाडौं, २७ साउन। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा मनाइन्छ।
हिन्दु परम्परा अनुसार ब्राह्मण र क्षत्रिय पुरुषले जनै लगाउने चलन रही आएको छ। बाल्यकालमा व्रतबन्ध पूरा गरेपछि गुरु-पुरोहितले कसैले नसुन्ने गरि कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि निष्कपट धर्म र सत्यको मार्गमा हिंड्ने दृढ संकल्पका साथ पुरुषहरुले देब्रे काँध माथि पर्ने गरि दाहिने हातको मुन्तिर राखेर गुरु-पुरोहितले तयार परेको जनै ग्रहण गर्ने गर्छन।

यस दिन भक्तहरूले आफ्नो नाडीको वरिपरि पवित्र धागो पनि बाँध्छन्, जसले आत्मालाई शुद्ध पार्ने र खराबीबाट बचाउने विश्वास छ।
बिशेस मन्त्र: “येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् । . तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”

काठमाडौं उपत्यका र दक्षिणी तराईमा, नेपालीहरूले दाजुभाइ र दिदीबहिनीबीचको माया र स्नेहको बन्धनलाई मनाउने पर्व रक्षा बन्धन पनि जनै पूर्णिमाको दिन मनईन्छ।

अन्तमा, कुनै पनि चाड विशेष परिकार बिना पूरा हुँदैन। यस दिन नेपालीहरूले परम्परागत रूपमा विशेष नौ सिमीको सूप क्वाटी खाने गर्छन।
सामुदायिक अग्रजहरूका अनुसार विशेष नौ सिमीको सूपले कृषकहरूलाई आवश्यक न्यानो प्रदान गर्दछ, जो मनसुन, गर्मी, हिलो, पानीमा आफ्नो जीवन बिताउने गर्छन।




