काठमाडौं, १७ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज ०.१३ प्रतिशत घटेर २१९३.४९ बिन्दुमा बन्द भएको हो।
हिजो २१९६.२५ बिन्दुमा ०.०५ प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज २.७६ अंकले घटेको हो।
७८ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १७ स्टकको ५० हजार ३ सय ६५ पटक कारोबार भएको छ भने कुल रकम ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ०५ रुपैयाँ ७२ पैसाको कारोबार भएको छ।
तिन वटा कम्पनि(बिन्ध्यवासिनी जलविद्युत विकास कम्पनी लिमिटेड, सामलिंग पावर कम्पनी लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड)को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.२४ प्रतिशत घटेको हो।
२.३६ प्रतिशतले घटेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र २९ करोड ३२ लाख २७ हजार १ सय ५६ रुपैयाँ १ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।



