Saturday, September 23, 2023
spot_img
Homeकाठमाडौँनक्कली भुटानी शरणार्थी घोटालामा थप एक पक्राउ

नक्कली भुटानी शरणार्थी घोटालामा थप एक पक्राउ

काठमाडौं, २८ असार। नक्कली भुटानी शरणार्थी घोटाला प्रकरणमा फरार एक व्यक्तिलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको असनका केशव तुलाधरलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

तुलाधरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको उनले बताए। घोटालामा संलग्न रहेको आरोपमा हालसम्म १९ जना पक्राउ परेका छन्। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको