Friday, March 29, 2024
spot_img
Homeसमाचारइलाम क्षेत्र नम्बर २ मा काँग्रेसका उम्मेदवार डम्बर खड्काले पुनः मतगणनाको माग...

इलाम क्षेत्र नम्बर २ मा काँग्रेसका उम्मेदवार डम्बर खड्काले पुनः मतगणनाको माग गर्दै रिट दायर

काठमाडौं, २२ मंसिर। इलाम क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले निर्वाचन क्षेत्रको मतगणनाको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

खड्काले निवेदनमा धाँधलीका कारण चुनावमा पराजय भएको उल्लेख गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जबरजस्ती विजयी घोषणा गरिएको खड्काले बताए।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार नेम्वाङ ११४ मतको छोटो अन्तरले विजयी भएका छन्। नेम्वाङले ३० हजार २० मत पाएका छन् भने खड्काले २९ हजार ९०६ मत पाएका छन्।

खड्काले मतदान केन्द्रबाट मतपेटिका मतपेटिका ल्याउँदा आफ्ना प्रतिनिधिको संलग्नता नरहेको आरोप लगाएका छन्। मतगणना गरिएका मतपत्रलाई सिल नगरी मतदान केन्द्रमा राखिएको पनि उनले आरोप लगाए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको