Thursday, March 28, 2024
spot_img
Homeसमाचारसामाजिक सद्भाव बढाउन उधौली पर्व महत्वपूर्ण : प्रधानमन्त्री देउवा

सामाजिक सद्भाव बढाउन उधौली पर्व महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं, २२ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवाले उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले देशको सांस्कृतिक, जातीय र भाषिक विविधताको प्रवद्र्धन गरी सामाजिक सद्भाव अभिवृद्धिमा उधौली जस्ता चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्। यो पर्वले मानव र प्रकृतिबीचको अन्तरनिर्भर सम्बन्धलाई पनि उजागर गरेको छ।

यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्दै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम गर्न मद्दत पुगाउने बताउँदै प्रधानमन्त्री देउवाले यो पर्व किराँत समुदायका घर र विदेशमा रहेका सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको